मकवानपुर, २२ पुस । राष्ट्रिय युवा संघ नेपाल हेटौँडा ८ को वनभोज तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।


युवा संघ नेपाल हेटौँडा ८ का अध्यक्ष तिलक पराजुलीको सभाध्यक्षता र राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय कमिटि लेखा कमिटि संयोजक सन्तोष चौँलागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटिका पोलिट ब्युरो सदस्य देवी ज्ञवाली लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा कमिटिका सदस्यहरु, अखिल नेपाल महिला संघका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।