मकवानपुर, २३ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रा निवासी सुसा श्रेष्ठले श्रमिक माध्यमिक विद्यालयमा स्थापित अक्षय कोषमा १५ हजार रुपैयाँ सहयोग गरेकी छिन् ।
विद्यालयका पधानाध्यापक श्रीराम दाहालका अनुसार विद्यालयको ५८ औँ वार्षिक उत्सवका अवसरमा विद्यालयले स्थापना गरेको गरिब जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृत्ति अक्षय कोषमा सुसाले मदत गरेकी हुन् ।
आईतबार विद्यालयका प्रअ दाहालसहित अन्य पदाधिकारीहरुको उपस्थितिमा श्रेष्ठले चेक हस्तान्तरण गरेकी हुन् । श्रेष्ठको सहयोगबाट विद्यालय परिवारमा हौसला बढेको भन्दै प्रअ दाहालले उनलाई आभार प्रकट गरेका छन् ।










