साँकेतिक तस्बिर

मकवानपुर, २४ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्रचौरबाट लागुऔषध गाँजासहित एक महिला पक्राउ परेकी छिन् ।
अवैध लागूऔषध गाँजा करिब ११ किलोग्रामसहित हेटौँडा-८ बस्ने ४४ वर्षीया सरिता अर्याललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरीले बागमती प्रदेश ०३-००५ प ६२३० नम्बरको स्कुटरमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।