मकवानपुर, २४ पुस । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित पारिजातपथदेखि सुमार्गी कम्प्लेक्स सम्म जोड्ने सडकको स्तरोन्नत्ति कार्य सुरु भएको छ ।
पारिजातपथदेखि शितलमहल चोकसम्मको सडक स्तरोन्नत्ति गरिसकेपछि वडाले कम्प्लेक्स सम्मको बाटो स्तरोन्नत्ति सुरु गरेको हो । वडालाई नमूना योग्य वडा बनाउने लक्ष्यका साथ बाटोघाटो, शैक्षिक, वैचारिक, विज्ञान तथा कला लगायतका क्षेत्रमा वडाले सक्रियता देखाएको छ ।

भाषण गरेर मात्रै विकास नहुने बोलीलाई काममा परिवर्तन गर्नुपर्ने वडा अध्यक्ष नविन सिग्देलको भनाई छ । आफुले वडालाई नमूना वडा बनाउन लागेको सिग्देल बताउँछन् ।










