मकवानपुर, २५ पुस । मंगलबारबाट सुरु भएको पाँचौं बकैया कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बकैया-३ ले विजयी सुरुवात गरेको छ । बकैया गाउँपालिका वडा न-३ स्थित बकैया रंगशाला भएको उद्घाटन खेलमा बकैया-३ विजयी भएको हो । बकैया-३ ले बकैया-६ लाई ४–३ गोलको अन्तरले हराएको थियो ।

खेलमा बकैया-३ का छेवाङ लामा र आयुश नेगीले २-२ गोल र सागर थापाले एक गोल गरेका थिए । त्यस्तै बकैया-६ का धावा भोम्जनले १ गोल र समिर प्रधानले २ गोल गरेका थिए । खेलमा उत्कृष्ट प्रर्दशन गर्दै बकैया-६ का समिर प्रधान म्यानअफ द म्याच घोषित भएका छन् ।

प्रतियोगिताको उपाधि विजेता सिनियर टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, उपाधि विजेता जुनिएर टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ ।











