मकवानपुर, २६ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ कर्णेखोला सल्लाघारीस्थित ज्ञानज्योति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

वडा नम्बर १५ की वडा सदस्य पातलीमाया गोङ्बाको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर बहादुर मोक्तानको सभाध्यक्षतामा न्यानो कपडा वितरण कार्यक्रम भएको थियो । कार्यक्रममा विशेष अतिथि तथा आई.एन.सी. यु.एस.ए का प्रमुख चेत थोकरको सहयोगमा ४५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

कार्यक्रममा तामाङ घेदुङ बागमती प्रदेश अध्यक्ष लिलाकुमार घलान र अन्य अतिथिहरुले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका थिए । हेटौँडा उपमहानगरपालिकाको कर्णाली समेत भनेर चिनिने कर्णेखोला सल्लाघारीमा पुगेर न्यानो कपडा प्रदान गरिएको अतिथि घलानले जानकारी दिएका छन् ।











