जी. न्यौपाने
मकवानपुर, २९ पुस । मकवानपुरको हेटौँडा २ स्थित वनस्खण्डी देवी सामुदायिक वन उपभोक्ता समूहको २५ औँ साधारणसभा सम्पन्न भएको छ ।
समूहका अध्यक्ष भवसागर श्रेष्ठको सभाध्यक्षतामा तथा डिभिजन वन कार्यालय हेटौँडाका प्रमुख पुष्पराज बर्तौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा सबडिभिजन वन कार्यालयका वन अधिकृत सविना रिजाल, जलेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष मुरारी सुवेदी, टासीहिसी गुम्बा समितिका अध्यक्ष कालु घलान, हेटौँडा २ वडा समन्वय समितिका अध्यक्ष मनिषा घले लगायतको आतिथ्यता रहेको थियो ।










