तस्बिर–ईशान रुपाखेती

मकवानपुर, २९ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेमा यु–६० केजी एट–ए साईड नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । शनिबारको उद्घाटन खेलमा कर्णावतीले ओम नगरलाई ४–० गोल अन्तरले पराजित गरेको स्थानीय ईशान रुपाखेतीले जानकारी दिनुभयो ।

उद्घाटनमा ८ नम्बर वडा खेलकुद विकास समिति अध्यक्ष उमेश थापा मगरको आतिथ्यतामा उद्घाटन खेल सुरु भएको थियो । कार्यक्रममा कर्णावती टोल विकास संस्थाका अध्यक्ष अध्यक्ष सुवाश दाहाल, उपाध्यक्ष हरि चौँलागाईँ, ७ नम्बर वडा सदस्य दिनेश थापा मगर, प्रथम पुरस्कार सहयोगी राजु अधिकारी, हरियाली स्थायी पोष्टका ए.एस.आई. चन्द्रोदय माविका प्रधानाध्यापक जीवन ढकाल लगायतको आतिथ्यता रहेको थियो ।


प्रतियोगिता अन्तर्गत आईतबार ३ वटा खेलहरु हुनेछन् । पहिलो खेल बिहान ७ बजे कालिकामाई र लेभल अप मकवानपुरकाबिचमा हुनेछ । दोस्रो खेल दिउँसो १ बजे सिमपानी र समाज कल्याणबिच हुनेछ । त्यस्तै तेस्रो खेल दिउँसो ३ बजे विकास टोल र देवनगर एफसीबिच हुनेछ ।