स्वरुप चौँलागाईँ
मकवानपुर, २९ पुस । श्रीकृष्ण प्रणामी मुल मन्दिर ‘मुलमिलावा धाम’ हेटौँडा ६ गौरीटारमा हुन गइरहेको धामको ५५ औँ वार्षिक उत्सव कार्यक्रमको तयारी द्रुत गतिमा भइरहेको छ ।

प्रत्येक वर्ष माघ १ गतेदेखि ७ गतेसम्म हुने साप्ताहिक श्रीमततारतम सागर पाठपरायणको तयारी भइरहेको मुल मन्दिरका अध्यक्ष राजु नेपालले बताउनुभयो ।

कार्यक्रमका प्रमुख वक्ता पं सुवाश शास्त्री रहनुहुने बताइएको छ । कार्यक्रममा भजनसंगित तथा विभिन्न विभिन्न धार्मिक कार्यक्रमहरु हुनुका साथै सातैदिनसम्म भक्तजनहरुको उपस्थिति रहने अध्यक्ष नेपालले बताउनुभयो ।