मकवानपुर, २९ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कूल रोडमा अवस्थित भुटनदेवी माध्यमिक विद्यालय, प्राविधिक शिक्षालयको ५७ औं अभिभावक भेला आइतबार सम्पन्न भएको छ । अभिभावक भेलाको अवसर पारेर विद्यालयले विविध पुरस्कार वितरण, सम्मान कार्यक्रम एवम् विद्यालयको ९ कोठे प्राविधिक भवनको समेत उद्घाटन गरेको छ ।

विद्यालय व्यावस्थापन समितिका अध्यक्ष फूर्वा दोर्जे लामाको सभाध्यक्षता र बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्रालयका पूर्व मन्त्री तथा प्रदेशसभाका सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठ, हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल, राष्ट्रिय परिक्षा बोर्डका प्रमुख कृष्णप्रसाद घिमिरे, शिक्षा विकास निर्देशनालय हेटौंडाका देव नारायण चौधरी, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख हरिशचन्द्र सापकोटा लगायतकाको आतिथ्यता रहेको थियो ।