मकवानपुर, १ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कबाट १९ वर्षीय एक किशोर पक्राउ परेका छन् ।

आईतबार बिहान करिब ५ किलो अवैध लागूऔषध गाँजा हित सर्लाही मलंगवा नगरपालिका बस्ने किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।