जी. न्यौपाने
मकवानपुर, १ माघ । मकवानपुरको हेटौँडामा सोमबार छैटौँ थारु माघी महोत्सव सम्पन्न भएको छ । हेटौँडा ४ स्थित भुटनदेवी स्कूल चौरमा कार्यक्रम भएको हो ।

माघी महोत्सव मूल आयोजक समिति मकवानपुरका सभापति सचिदानन्द चौधरीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देल, वडा नम्बर १० का अध्यक्ष फुर्वादोर्जे लामा, हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौँलागाईँ, थारु कल्याणकारी समाजका केन्द्रिय सदस्य जानुका चौधरी लगायतकाको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा थारु भेषभुषा, थारु सँस्कृति झल्किने विभिन्न परिकारका खानेकुराहरु, थारु नृत्य लगायत प्रदर्शन गरिएको थियो ।