मकवानपुर, १ माघ । मकवानपुरको हेटौँडामा मगर समुदायले मगरहरुको राष्ट्रिय पर्व माघे सकराती मनाएका छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष सन्देश तुम्सीङ मगरको सभाध्यक्षता र बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलानी छिन्तुको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

नेपाल मगर संघ जिल्ला समन्वय समितिको मुख्य आयोजना तथा हेटौँडा ११ ईकाईको सहआयोजना र ग्वायत फेरा मगर गुठी हेटौँडा ११ को व्यवस्थापनमा कार्यक्रम भएको हो ।
हेटौँडा ११ सिमलटारमा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष जुना दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, मगर संघ केन्द्रिय अनुशासन समितिका सदस्य अशोक सारु मगर लगायतकाको आतिथ्यता रहेको थियो ।











