मकवानपुर, ३ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङस्थित चुरेहिल हस्पिटल बुधबारदेखि नयाँ व्यवस्थापनसहित संचालनमा आउने भएको छ ।
चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज सिएमसीसँगको सहकार्यमा चुरेहिल हस्पिटलको नयाँ व्यवस्थापन गरिएको हो । नयाँ व्यवस्थापन थप भएसँगै हस्पिटलबाट विभिन्न जटिल रोगहरुको निदान कार्य पनि सहज हुने अस्पताल प्रशासनले दाबी गरेको छ ।
विभिन्न रोगहरुका लागि चितवन नै पुग्ने अवस्थाको अन्त्य गर्ने उदेश्यले चुरेहिलले नयाँ व्यवस्थापनसहित सेवा थालेको हो ।










