मकवानपुर, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका – १२ नम्बर वडा कमिटिको नेतृत्वमा रामहरि पोखरेल चयन भएका छन् । बुधबार भएको वडा कमिटिको दोस्रो वडा सम्मेलनबाट पोखरेललाई अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

वडा कमिटिको उपाध्यक्षमा अष्ट घलान, नवराज घलान र रविनकुमार प्रजा, सचिवमा माधव प्रसाद घिमिरे, सहसचिव अञ्जु थिङ र औतर सिं गोले तथा कोषाध्यक्षमा लिलाकुमारी विक चयन भएका छन् । सदस्यहरुमा तुलाराज थिङ, घेसेदोर्जे बल, हरि पौडेल, भगवान अर्याल, शान्ता रुम्बा, रमिता बराल, सुनमाया दोङ, यशोदा खनाललगायत ३५ जना चयन भएका छन् ।

सम्मेलनबाट छिरिङ लामाको नेतृत्वमा ११ सदस्यीय माओवादी केन्द्रको युवा संगठन वाइसीएल वडा कमिटि चयन भएको छ । त्यस्तै पार्वती घलानको नेतृत्वमा १७ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी वडा कमिटि चयन भएको छ ।

सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, बागमती प्रदेश कमिटि उपाध्यक्ष तथा बागमति प्रदेश सांसद प्रेमबहादुर पुलामी (छिन्तु), बागमती प्रदेश कमिटि सचिवालय सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, बागमती प्रदेश कमिटि सचिवालय सदस्य तथा हेटौंडा उपमहानगर कमिटि इन्चार्ज विवेक राई, अध्यक्ष तिर्थ थापा मगरसहितको उपस्थिति थियो ।

सम्मेलन माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा भएको हो ।