मकवानपुर, ४ माघ । मकवानपुरको हेटौँडामा माघ १४ देखि १६ गतेसम्म ३ दिवसीय दोर्जे फुर्पा पुजा (बज्रकिलाया) हुने भएको छ । हेटौँडा २ श्वयम्भु डाँडामा अवस्थित बौद्ध मणि समिति टाशी हिशे गुम्बाको आयोजनामा पूजा हुने बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको हो ।
कार्यक्रम अन्तर्गत विश्वमा बढ्दै गईरहेको अशान्ति हटाउन शान्तिको लागि पूजाको आयोजना गरिएको समितिका सचिव सुवाश सिंतानले बताए । बागमती प्रदेशका अर्थ मन्त्री बहादुरसिंह लामाले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
कार्यक्रममा ५ हजारदेखि ८ हजारसम्म भक्तजनहरुको सहभागिता हुने र कार्यक्रममा करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष कालु घलान, सचिव सुवाश सिंतान, स्वयम सेवक समितिका संयोजक तथा प्रचार विभाग समितिका उपसंयोजक दिनेश वाईबा, प्रचारप्रसार समिति संयोजक तेजबहादुर लामा लगायतको उपस्थिति रहेको थियो ।