मकवानपुर, ४ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको प्रायोजनमा आजदेखि हेटौँडामा महिलाहरुका लागि १५ दिने ४ चक्के सवारी साधन प्रशिक्षण कार्यक्रम सुरु भएको छ । कार्यक्रमको आज हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले उद्घाटन गर्नुभएको छ ।

नगरपालिकाको सहयोगमा हेटौँडा ११ थानाभर्याङस्थित पायोनियर मल्टिपर्पस ड्राईभिङ सेन्टरले तालिम सुरु गरेको हो । आयआर्जनका लागि महिला लक्षित कार्यक्रम अन्तर्गत स्विकृत बजेटबाट कार्यक्रमको तालिमको आयोजना गरिएको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ ।
तालिममा हेटौँडा उपमहानगरपालिकाभित्रका २० जना महिलाहरु सहभागी भएका छन् ।











