मकवानपुर, ५ माघ । मकवानपुरको हेटौँडामा युवा लक्षित १ दिने वित्तिय साक्षरता तालिम सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले बिहीबार कार्यक्रम गरेको हो ।
३५ जना युवा सदस्यहरु सम्मिलित कार्यक्रममा सहकारी तथा लघुवित्त विज्ञ प्रकाश पाण्डेले प्रशिक्षण दिएका थिए ।
संस्थाका अध्यक्ष हरि प्रसाद पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा युवा समितिका संयोजक किशोर बर्तौलाले कार्यक्रमको औचित्य बारे प्रष्ट्याएका थिए । संस्थाकी व्यवस्थापक रमलाकुमारी सापकोटाले कार्यक्रमको सहजीकरण गरेकी थिईन् ।










