मकवानपुर, ५ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ स्थित पदमपोखरी अस्पतालको आज उद्घाटनका साथै स्वास्थ्य शिविर आयोजना हुँदैछ ।
हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले अस्पतालको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
उद्घाटनका अवसरमा हुने निःशुल्क स्वास्थ्य शिविरमा मनोसामाजिक सेवा, जनरल स्वास्थ्य परिक्षण, आँखा जाँच तथा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया, ओठ र गिजाको उपचार, ल्याब सेवा, सुगर जाँच तथा औँषधि वितरण सेवा समेत संचालन हुनेछ ।










