मकवानपुर, ७ माघ । प्रेस चौतारी नेपाल मकवानपुर शाखा कार्यालयको शनिबार उद्घाटन् भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ मा रहेको कार्यालयको प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले उद्घाटन् गर्नुभएको हो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हरि हुमागाई, चौतारीका बागमती प्रदेशका महासचिव प्रकाश दाहाल, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अञ्जली थापा लगायतको आतिथ्यता रहेको थियो । प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा कार्यालय उद्घाटन् गरिएको हो ।
त्यस्तै प्रेस चौतारी नेपाल जिल्ला कमिटी मकवानपुरको आयोजनामा ‘प्रविधिको विकास र डिजिटल पत्रकारिता’ को चुनौति र सम्भावना विषयक दुई दिने कार्यशालाको पनि शनिबार समापन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्रालयका पूर्व मन्त्री एकालाल श्रेष्ठले कार्यशाला निकै फलदायी रहेको बताउनुभयो ।
प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, सचिव तथा बागमती प्रदेश इन्चार्ज विष्णु तारुके, केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हरि हुमागाई, चौतारीका बागमती प्रदेश महासचिव प्रकाश दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, गैरसरकारी संस्था महासंघ बागमती प्रदेशका अध्यक्ष आरती पाठक, सञ्चारिका समुह बागमती प्रदेशका अध्यक्ष सरिता दाहाल, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अञ्जली थापा लगायतको आतिथ्यता रहेको थियो ।










