मकवानपुर, ७ माघ । मकवानपुर मुद्रण उद्योग संघको तेस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । नेपाल मुद्रण व्यवसायी महासंघका केन्द्रीय सदस्य इन्द्र नेपालले सभाको उद्घाटन गर्नुर्भएको थियो ।
संघका अध्यक्ष राजु नेपालको अध्यक्षतामा भएको सभाले सचिव पुरूषोत्तम ढकाल र कोषाध्यक्ष शंकरगोपाल खड्कीद्वारा प्रश्तुत प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पास गर्नुका साथै संघको वार्षिक कार्ययोजना बनाउन कार्यशाला गोष्ठी गर्ने, मुद्रण व्यवसायीको लागत संकलन गर्ने, प्रत्यक्ष रोजगारीको सिर्जनाको डाटा संकलन गर्ने, मुद्रण उद्योगले राजश्वमा पु¥याएको योगदानको सर्भे गर्नेलगायतको निर्णय गरेको छ ।
सभामा संघ सदस्य एवम् हेटौंडा १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, मकवानपुर चेम्बर अफ कमर्सका अध्यक्ष माधव न्यौपाने, संस्थापक अध्यक्ष गोकर्ण सुवेदी, निवर्तमान अध्यक्ष अजीव भट्टराई, पुर्वउपाध्यक्ष गोपाल कार्कीलगायतले मुद्रण उद्योगहरु दिनप्रतिदिन धरासायी हुदै गएकोमा चिन्ता ब्यक्त गरेका थिए ।










