मकवानपुर, ७ माघ । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ३ स्थित एक सामुदायिक वन उपभोक्ता समूहमा नयाँ समिति चयनका लागि उपभोक्ताहरुले माग गरेका छन् ।

उक्त सामुदायिक वन उपभोक्ता समिति अन्तर्गत रहेको वनमा अवैधानिक रुपमा रुख काट्ने र पुरानो बनाई काठको फण्टा बेच्ने गर्दा पनि समितिले ध्यान नदिएको आरोप लगाउँदै उपभोक्ताहरुले नयाँ समितिको माग गरेका हुन् ।

वनमा भएको अवैध कार्य रोक्न उपभोक्ताहरुले डिभिजन वन कार्यालय हेटौँडामा उजुरी समेत दिएका छन् । उजुरी परेपछि कारवाहीका लागि वन कार्यालयले सर्वे गरेको नाम नबताउने शर्तमा एक उपभोक्ताले बताए ।