तस्बिर–दिनेश चौँलागाईँ

मकवानपुर, ७ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ रमन्टारमा स्थापित बाल समूहले पुल सरसफाई गरेका छन् ।

रमन्टारमा स्थापित परिवर्तनशिल बाल समूहद्वारा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ र वडा नम्बर १९ जोड्ने पुलको सरसफाई गरिएको स्थानीय दिनेश चौँलागाईले जानकारी दिएका छन् ।

समूहमा आवद्ध बालबालिकाहरुले पुलमा भएका फोहोर, प्लाष्टिक तथा धुलो हटाएका हुन् ।