तस्बिर–संगीता वाईबा

मकवानपुर, ८ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ ठूलोथलीमा सोनाम ल्होछार मनाउन ल्होछार मूल समारोह समिति गठन गरिएको छ । यही माघ २७ गते मञ्जुश्री संवत २८६० सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रमका लागि ‘गुम्बा डाँडा सोनाम ल्होछार मूल समारोह समिति’ गठन गरिएको हो ।

समितिका पूर्व अध्यक्ष संगीता वाईबासहित अन्य उपस्थित बैठकले समितिको अध्यक्षमा सोमलाल थिङलाई चयन गरेको छ । समितिको सल्लाहकार संयोजकमा पूर्व अध्यक्ष वाईबालाई पनि चयन गरिएको छ । समितिमा अन्य सदस्यहरुका रुपमा भने पुरानै समितिका सदस्यहरुलाई राखिएको छ ।

समितिले हरेक वर्ष सोनाम ल्होछारमा विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।