मकवानपुर, ८ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ ठूलोथलीस्थित कालिका आधारभूत विद्यालयको ४१ औँ अभिभावक भेला सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष संगीता वाईबाको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

भेलामा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष पेम्बा लामाको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, टोल विकास संस्थाका सदस्यहरु, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक तथा बाल समूहका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

भेलामा उत्कृष्ट विद्यार्थी, अभिभावक, शिक्षक लगायतलाई सम्मान र पुरस्कार वितरण गरिएको थियो ।











