मकवानपुर, ८ माघ । हेटौँडामा स्वर्गीय निरज श्रेष्ठ स्मृति विद्यालय स्तरीय टि–२० दोस्रो क्रिकेट प्रतियोगिता २०८० हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिइएको हो ।
प्रतियोगिता माघ २० गतेदेखि संचालन हुनेछ । प्रतियोगितामा मकवानपुर जिल्लाका निजी तथा सामुदायिक १६ विद्यालयलाई सहभागी गराईने छ । प्रतियोगितामा प्रथम र द्वित्तिय हुने टिमलाई नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र म्यान अफ द सिरिजलाई पनि नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताईएको छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु छनौट गरी अण्डर–१६ जिल्ला टिमको निर्माण गरी प्रशिक्षण गराईने बताईएको छ । लिगकम नकाउटको आधारमा संचालन हुने प्रतियोगिता ११ दिनसम्म चल्नेछ । प्रतियोगिता अन्तर्गत २७ खेलहरु संचालन हुने आयोजकले जनाएको छ ।
खेल सम्पन्न गर्न ५ लाख ५० हजार रपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।
मकवानपुर क्रिकेट संघको आयोजनामा भएको पत्रकार सम्मेलनमा संघका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य करण महतरा, जिल्ला सचिव बिनोदा बानियाँ, जिल्ला कोषाध्यक्ष धिरज श्रेष्ठ, जिल्ला अम्पायर सुनिल बर्तौला, कार्यक्रम संयोजक संजोग पोखरेल लगायत पत्रकारहरुको आतिथ्यता रहेको थियो ।










