मकवानपुर, ९ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातामाटे पिपल चौताराबाट करिब १५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ थली बस्ने २१ वर्षीय युवकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी रातामाटेबाट खटिएको प्रहरीले ना.१ ज ६१५५ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।










