सिराहा, ९ माघ । सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका-४ सखुवहा बस्ने ३० वर्षीया तन्जिला खातुनको हत्या गरेको अभियोगमा उनकै देवर नाता पर्ने २५ वर्षीय मो.ज्याउल मियाँलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मियाँले धारिलो हतियार बन्चरो प्रहार गर्दा तन्जिला गम्भीर घाइते भएकी भन्ने खबर प्राप्तपछि ईलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते तन्जिलाको सप्तऋषी अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।