मकवानपुर, ९ माघ । मकवानपुरे पत्रकार रमेश बञ्जाराले आफुमाथि लागेको मुद्धामा सफाई पाएका छन् । मंगलबार जिल्ला अदालत मकवानपुरले मुद्दाको अन्तिम सुनुवाई गर्दै बन्जारलाई सफाई दिएको हो ।
गत वर्ष चैत ३० गते रमेश भनेर चिनिने पत्रकार इन्द्र प्रसाद बन्जाराले आफुलाई जबर्जस्तीकरणी गरेको भन्दै एक महिलाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएकी थिईन् । उजुरी पश्चात बन्जारा पुर्पक्षका लागि भीमफेदी कारागारमा रहेका थिए ।
श्रीप्रसाद संजेलको इजलासले आज उनलाई सफाई दिएको हो । साथै सोहि विषयमा समाचार लेखेको भन्दै हेटौंडा खबरका अध्यक्ष रविन्द्र कुमार गौतम विरुद्द अर्जुन तिवारीले दिएको लिखित गाली बेइज्जतीको मुद्दामा समेत अदालतले दावी नपुग्ने भन्दै सफाई दिएको छ ।
मुद्धामा सफाई पाएपछि बञ्जारा र गौतमलाई शुभचिन्तकहरुले अबिर र मालासहित स्वागत गरेका छन् । बञ्जारा करिब ९ महिनापछि रिहा भएका हुन् ।










