तस्बिर–मिरा स्याङ्तान

मकवानपुर, १० माघ । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० स्थित एक आमा समूहले वडा नम्बर १० बेतेघारी र आसपासका गाउँमा सरसफाई कार्यक्रमको आयोजना गरेको छ । समूहले मंगलबार गाउँ सरसफाई गरेको समाजसेवी मिरा स्याङ्तानले जानकारी दिनुभयो ।

शान्ति नेपालको सहयोग र प्रेम सेवा समाज कैलाश १० को समन्वयमा स्वच्छ र सफा गाउँ अवलोकन भ्रमणबाट फर्किएपछि आमा समूहले गाउँ सरसफाई गरेको हो ।

समूहले गाउँलाई सफा र स्वस्छ राख्नका लागि विविध कार्यक्रम आयोजना गर्ने लक्ष्य समेत राखेको छ ।