मकवानपुर, ११ माघ । राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको संयोजकमा राजेश नगरकोटी र उपसंयोजकमा सविन लामा चयन भएका छन् । बुधबार हेटौँडामा भएको विस्तारित भेलाले नयाँ नेतृत्व चयन गरेको हो। बाँकी पदाधिकारीहरू पहिलो बैठकमा चयन गर्ने जनाइएको छ।
राष्ट्रिय युवा संघ नेपाल मकवानपुर अध्यक्ष लक्ष्मण उप्रेतिको सभाध्यक्षता र राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसीको प्रमुख आतिथ्यतामा भएको भेलाले नयाँ नेतृत्व चयन गरेको हो।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका लेखा आयोगका प्रमुख सन्तोष चौलागाई,नेकपा एमाले पोलिट्ब्यूरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज देवि ज्ञवाली,नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ लगायतको विभिन्न संगठनका प्रतिनिधि तथा राष्ट्रिय युवा संघका नेताहरुको सहभागी थियो ।










