मकवानपुर, ११ माघ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ को आयोजनामा ‘ऐतिहासिक मकवानपुरगढी २६१ औँ विजय उत्सव’ मनाईएको छ ।

बागमती प्रदेश सांसद इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता र सांसद प्रेमबहादुर पुलामी छिन्तुको विशेष आतिथ्यतामा विजय उत्सव मनाईएको हो ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे स्याङ्तान, उपाध्यक्ष माानकुमारी पाख्रिन, वडा नम्बर २ का वडाअध्यक्ष बखानसिंह पाख्रिन लगायत पालिका सदस्यहरु तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।