जी. न्यौपाने, मकवानपुर, ११ माघ । शहिद दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको दोस्रो आज विविध कार्यक्रम गरिएको छ । शहिद स्मारक विकास समिति र हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ कार्यालयको आयोजनामा कार्यक्रम भएको हो ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहीबार ज्येष्ठ नागरिक सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना भएको हो । हेटौँडा ११ की अध्यक्ष जुना दाहालको सभाध्यक्षतामा भएको कार्यक्रमको द्घाटन कार्यक्रमका प्रमुख अतिथि, बागमती प्रदेशका पूर्व मूख्यमन्त्री तथा समितिका अध्यक्ष डोरमणि पौडेलले गर्नुभएको हो ।

कार्यक्रममा वडाका ९५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको शहिद स्मारक विकास समितिका व्यवस्थापक रामचन्द्र न्यौपानेले बताउनुभयो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले विविध सँस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा घरेलु उत्पादन तथा जनचेतनामुलक विभिन्न स्टलहरु समेत राखिएका छन् ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य रामचन्द्र राई, संविधानसभा सदस्य अनन्त पौडेल, बागमती प्रदेशका प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, बागमती प्रदेशकी पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठ लगायत विभिन्न वडा र दलका विशिष्ट प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।