मकवानपुर, ११ माघ । राष्ट्रिय सभा सदस्य पदको लागि बिहीबार भएको निर्वाचनबाट बागमती प्रदेशमा सत्तारुढ गठबन्धनका चारै जना उम्मेदवार विजयी भएका छन् ।
गठबन्धनका उम्मेदवारहरु घनश्याम रिजाल, जितजंग बस्नेत, विष्णुकुमारी पुडासैनी र श्रीकृष्ण अधिकारी बिजयी भएका हुन् । रिजाल नेकपा एकिकृत समाजवादीका तर्फबाट, बस्नेत र पुडासैनी नेपाली काँग्रेसको तर्फबाट र अधिकारी नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार भई विजयी भएका हुन् ।

रिजालले ६ हजार ५ सय १२ मत, बस्नेतले ६ हजार ५ सय ३१ म्त, पुडासैनीले ६ हजार ६ सय २२ मत र अधिकारीले ६ हजार ३ सय ८३ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

निर्वाचनमा बागमती प्रदेशसभा सदस्य ११० जना र स्थानीय तहका प्रमुख, उपप्रमुख २३७ गरी कूल ३ सय ४७ मतदाता मध्ये ३ सय ४२ जना मात्रै मतदान प्रक्रियामा सहभागी भएका थिए ।











