मकवानपुर, १२ माघ । नेपाली कांग्रेसले शुक्रबार ७८ औँ स्थापना दिवस मनाएको छ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मितिलाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । यसै अवसरमा नेपाली कांग्रेस बागमती प्रदेश समितिले पनि शुक्रबार हेटौंडामा स्थापना दिवस मनाएको छ ।

कांग्रेस स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथिका रुपमा आएका पार्टी पूर्व महामन्त्री प्रकाशमान सिंहले राजनीतिलाई सेवाको रुपमा लिनुपर्नेमा जोड दिए । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको स्थापना दिवस कार्यक्रममा केन्द्रीय सदस्य राजन केसी, कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।