मकवानपुर, १२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका पूर्व संयोजक तथा मकवानपुरे व्यवसायी राजकुमार न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार नेपाली कांग्रेसको ७८ औं स्थापना दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह, पार्टी बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँलगायतले न्यौपानेलाई खादा र माला लगाएर पार्टीमा स्वागत गर्दै सदस्यतासमेत प्रदान गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य रहेका व्यवसायी न्यौपानेले नेपाली कांग्रेसले मात्रै सबै दललाई मिलाएर लैजानसक्ने भएकाले आफू कांग्रेसमा प्रवेश गरेको बताए । पार्टीले उद्योगी व्यवसायीको हितका लागि गम्भीर भएर काम गर्न पार्टीलाई सुझावसमेत दिए ।