मकवानपुर, १३ माघ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ बाँसपानीस्थित महाकाली दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्षमा रामप्रसाद पुडासैनी चयन भएका छन् ।
सहकारीको शुक्रबार भएको २७ औँ वार्षिक साधारणसभा तथा अधिवेशनले पुडासैनीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष बखान सिंह पाख्रिन, संस्थाका शेयर सदस्य, कर्मचारी लगायत अन्य सदस्यहरुको सहभागिता रहेको थियो ।










