मकवानपुर, १४ माघ । बस्तीपुर जेसिज हाँडीखोलाले १३ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी नवनिर्वाचित अध्यक्ष अमृत पाठकसहितका पदाधिकारीलाई पदभार हस्तान्तरण गरेको छ। हेटौंडा-१९ को जेसिजको सभाहलमा आयोजित कार्यक्रममा वर्ष २०२३ का अध्यक्ष जेसिज प्रेम बहादुर गोङ्बाले वर्ष २०२४ का लागि निर्वाचित अमृत पाठकलाई पद हस्तान्तरण गरेका हुन् ।

जेसिजका नवनिर्वाचित कार्यकारिणी उपाध्यक्षमा हरेराम हटुवाल (निर्मल) र सञ्जोग उप्रेती र उपाध्यक्षमा लोक लामा मोक्तान, रविन लामा, सोवित वाईबा र दिनेश चौलागाई,कोषाध्यक्ष सन्देश पण्डित,महासचिव सुरज बर्तौला र कानुनी सल्लाहकार सन्दिप पाठक सहितका पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् ।

पदस्थापना तथा पुरस्कार वितरण समारोहमा पत्रकार रुपक कालिराजलाई ‘स्वर्गीय उदय सिंह पाठक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ।त्यस्तै सामाजसेवी पुरस्कार ॐ बृद्ध आश्रयका अध्यक्ष सिद्धिलाल श्रेष्ठलाई प्रदान गरेको छ । पुरस्कृत कालिराज र श्रेष्ठलाई ७ हजार २ सय २ रुपैयाँ नगद सहित सम्मान गरिएको हो ।