मकवानपुर, १५ माघ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ हिरामुनीस्थित पशुपति प्राथमिक विद्यालयमा पोषाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
विद्यालयकी पूर्व शिक्षिका सावित्री अधिकारीको पहलमा दिव्य सेवा निकेतन आश्रयस्थल हेटौँडा १५ ले पोषाक तथा शैक्षिक सामग्री वितरण गरेको हो ।
हेम अधिकारीको व्यवस्थापनमा गरिएको सामग्री वितरण कार्यक्रममा दिव्य सेवाका केन्द्रिीय अध्यक्ष तेजराम निरौँला, संरक्षक सुनिता वाईबा, पूर्व शिक्षिका सावित्री अधिकारी, सुदिप सापकोटा, रामप्रसाद देवकोटा, सुनमाया भोलन लगायतको उपस्थिति रहेको थियो ।










चन्द्र घलान 