मकवानपुर, १५ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ लामसुरेमा नुहाउने क्रममा एक युवकको ज्यान गएको छ । घरकै बाथरुममा ग्यास गिजर प्रयोग गरेर नुहाउने क्रममा २१ वर्षीय युनेश काफ्लेको मृत्यू भएको उनको परिवारले जनाएको छ ।
दिउँसो करिब १२ बजेको समयमा ग्यास गिजर अन गरी तातो पानीले नुहाईरहेका युनेश लामो समयसम्म बाहिर ननिस्केपछि उनको परिवारले बाथरुमको ढोका फोडेका थिए । ढोका फोडेर हेर्दा युनेश अचेत अवस्थामा भेटिएका थिए ।
त्यसपश्चात हेटौँडा १ स्थित मकवानपुर सामुदायिक अस्पतालमा पुराउँदा डाक्टरले उनलाई मृत घोषित गरेको थियो । यसबारेमा थप जानकारी आउन बाँकी छ ।










