जी. न्यौपाने, मकवानपुर, १५ माघ । मकवापनुरको हेटौँडा ११ स्थित शहिद स्मारकमा जारी ‘कृषि, हस्तकला, स्थानीय उत्पादन तथा पर्यटकीय वस्तुहरुको प्रवद्र्धन’ मेलामा आज पनि नृत्य तथा लोकदोहोरी प्रस्तुति भएको छ ।
राष्ट्रिय लोक दोहोरी गायक प्रकाश कटुवाल, भिमसेन खतिवडा, रतिमाया खड्का र रिया खड्काले नृत्य तथा लोकगीत प्रस्तुत गरेका थिए ।

हेटौँडा ११ की वडाअध्यक्ष जुना दाहालको सभाध्यक्षतामा भएको लोकगीत तथा नृत्य प्रदर्शन कार्यक्रममा बागमती प्रदेशका पूर्व मूख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संविधानसभा सदस्य अनन्त पौडेल, नेकपा एमालेका केन्द्रिय सदस्य तथा बागमती प्रदेशका पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

माघ १० गतेदेखि जारी कार्यक्रमको समापन कार्यक्रम भोलि बिहान ८ बजेदेखि सुरु हुने शहिद स्मारक विकास समितिका व्यवस्थापक आरसी न्यौपानेले बताए ।











