मकवानपुर, १६ माघ । श्री कृष्ण प्रणामी युवा परिषद नेपालको ३४ औँ स्थापना दिवसका अवसरमा श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्य समिति मकवानपुरले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमको उद्घाटनमा पूर्व मन्त्री राजन केसी र नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा सरिक हुनुभएको थियो । कार्यक्रमको समापन हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा तथा परिषदका अध्यक्ष शिवप्रसाद खतिवडा (राजु) को सभाध्यक्षतामा भएको थियो । कार्यक्रमको संयोजन अजय सापकोटाले गरेका थिए ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष रामकृष्ण कोईराला, १७ वडा नम्बर वडाअध्यक्ष उद्धव सत्याल, श्री कृष्ण प्रणामी सेवा समिति नेपालका उपाध्यक्ष रामकृष्ण तिवारी र श्री कृष्ण प्रणामी युवा परिषद नेपालका पूर्व केन्द्रिय अध्यक्ष रामप्रसाद शर्माको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा श्री कृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रिय सदस्य अर्जुन प्रसाद वाग्ले, युवा परिषदका केन्द्रिय सदस्य ईश्वर खतिवडा, प्रदेश उपाध्यक्ष जयप्रकाश घिमिरे, श्री कृष्ण प्रणामी सेवा समिति नेपालका मकवानपुर जिल्ला अध्यक्ष केदार प्रसाद चौँलगाई लगायतको आतिथ्यता रहेको थियो ।

परिषदको यही माघ १८ गते परेको स्थापना दिवसका अवसरमा जिल्ला कार्यसमिति मकवानपुरले विविध कार्यक्रम गर्दैछ । रक्तदान, लत्ताकपडा सहयोग तथा अन्य विविध कार्यक्रम गरी ४ दिनसम्म कार्यक्रम आयोजना गरिने बताईएको छ ।