जी. न्यौपाने,मकवानपुर, १६ माघ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका ११ नम्बर वडास्थित सहिद स्मारकमा पुगेर सहिद स्तम्भमा माल्यार्पण गर्नुभएको छ ।
सहिद दिवस को अवसरमा बिहान ८ः१५ बजे सहिद स्मारक पुगी सहिद स्तम्भमा शर्माले माल्यार्पण गर्नुभएको हो । सहिदको सम्मानमा नेपाली सेनाले सम्मान गारत बाजा सहित सलामी दिएका थिए

आन्तरिक क मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशको आयोजनामा गरिएको माल्यार्पण कार्यक्रममा बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठक, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, पूर्व मन्त्री जेएन थपलिया लगायत विशिष्ट व्यक्तिहरुले सहिद स्तम्भमा पुष्पगुच्छा चढाएका थिए ।











