मकवानपुर,१६ माघ । कृषि हस्तकला, स्थानीय उत्पादन तथा पर्यटकिय वस्तुहरुको प्रवर्द्धन मेला समापन भएको छ । हेटौँडा उपमहानगर पालिका ११ नम्बर वडास्थित सहिद स्मारकमा भएको मेला विभिन्न कार्यक्रम गरी समापन गरिएको हो ।

हेटौडा ११ नम्बर वडा र सहिद स्मारक विकास समितिको संयुक्त आयोजनामा गरिएको मेलाको अन्तिम दिन बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सहिद स्मृति पुस्तकालय पुगी सहिदबारे जानकारी लिनुभएको थियो । साथै सप्ताहव्यापी मेलाको स्टलहरु अवलोकन गरी उत्पादन भएका वस्तुहरूबारे जानकारी लिनुभएको थियो ।

यसै क्रममा बागमती प्रदेशका सभामुख भुवनकुमार पाठक, आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ, पूर्व मुख्यमन्त्री डोरमणी पौडेल, पूर्वमन्त्री जेयन थपलिया लगायतकाले मेलाको अवलोकन गर्नुभएको थियो।