मकवानपुर, १७ माघ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १० धुवाँकोटस्थित धुवाँकोट प्राथमिक विद्यालयमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
मेटा भोलनटियर संस्थाको सहयोगमा ईसिडीदेखि कक्षा ३ सम्मका सबै विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको त्यहाँबाट भिमकुमारी मगरले बताउनुभयो । विद्यार्थीहरुलाई जाडोको न्यानो कपडा टिसर्ट, ट्रयाक र सुट वितरण गरिएको हो ।
न्यानो कपडा वितरण कार्यक्रममा चन्द्रलाल मोक्तान, गौतम महर्जनसँगै विद्यालयका शिक्षक, विद्यार्थी र अन्य प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।










