मकवानपुर, १७ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० न्युरेनीका विभिन्न स्थानमा सिमेन्टको बेञ्च राखिएको छ । न्युरेनीमा आवतजावत गर्ने यात्रुहरुलाई बस्न र त्यहाँको वातावरण नियाल्न सजिलो होस् भन्ने उदेश्यका साथ न्युरेनी टोल विकास संस्थाले विभिन्न स्थानमा सिमेन्टको बेञ्च राखेको हो ।
टोल विकास संस्थालाई हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० कार्यालयले ६ थान सिमेन्टको बेञ्च सहयोग गरेको संस्थाकी फुलमाया गुरुङले जानकारी दिनुभयो ।
टोल विकास संस्थाले वडा नम्बर १० का वडाअध्यक्ष फुर्बा दोर्जे लामा र सदस्यहरुको सम्वनयमा सिमेन्टका बेञ्चहरु राखेपछि अहिले सो क्षेत्रमा आवतजावत गर्ने यात्रु र स्थानीयहरुलाई न्युरेनीको वातावरण नियाल्दै आराम गर्न मदत मिल्ने संस्थाले अपेक्षा गरेको छ ।