
जी. न्यौपाने, मकवानपुर, १७ माघ । बालमैत्री स्थानीय शासन नीतिगत प्रकृयागत अवलम्बन, कार्यान्वयन त घोषणाको लागि हटौँडा उपमहानगरपालिका १ नम्बर वडास्थित यातायात ईङ्गिलस बोर्डिङ स्कूलका प्रधानाध्यापक, शिक्षक शिक्षिका र विद्यार्थीहरुले एक साथ प्रतिवद्धता जनाएका छन् ।
१ नम्बर वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यता र बालमैत्री वडा सहजकता कृष्टिना मैनालीको सहजीकरणमा भएको कार्यक्रममा ब्यानरमा सही गरेर उपस्थित सबैले प्रतिवद्धता जनाएका हुन् । वडा अध्यक्ष न्यौपानेले सुरुमा सहि गरेपछि उपस्थित सबैले ब्यानरमा सहि गरेका थिए ।
यसैगरी वडाले प्रहरी चौकी हेटौँडा १ चौकीटोल तथा सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौँडा १० बसपार्कको लागि बालमैत्री सम्पर्क इकाईको लागि दुई प्रहरी सहायक हवल्दारलाई चयन गरेको छ । चौकीटोलको लागि प्रहरी सहायक हवल्दार विपिन कुमार कुशवाह र सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौडा १०, बसपार्कको लागि प्रहरी सहायक हवल्दार सविना पोखरेललाई चयन गरिएको हो ।
कार्यक्रममा हेमनपा १ नम्बरकी वडा तथा कार्यपालिका सदस्य ईश्वरी रसाईली, वडा सदस्य रामकृष्ण अधिकारी, सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौँडा १० बसपार्कका अध्यक्ष प्रदिप कँडेल लगायतको आतिथ्यता रहेको थियो ।