मकवानपुर, ६ फागुन । नवप्रवर्तन र उद्यमशीलताको प्रवर्द्धन गर्ने उदेश्यका साथ सुरु भएको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।शनिबारबाट हेटौंडामा सुरु भएको सम्मेलन आइतबार सम्पन्न भएको हो । हेटौंडा स्कुअफ म्यानेजमेन्टको मुख्य आयोजना तथा विभिन्न संघ संस्थाहरुको सहआयोजना र साझेदारीमा सम्मेलन गरिएको म्यानेजमेन्टका प्रमुख पुरन बहादुर जोशीले बताए ।
सम्मेलनमा ३ देशका विज्ञहरू सहभागी भएका थिए । जसमा नेदरल्याण्ड्स बाट ४ जना विज्ञहरु उपस्थित रहेका थिए । जसमा इग्नेश कार्थेस, डा. शास्किया, रब र हेङ्क रहेका थिए । यस्तै भारतबाट डा. नरेश अजदेव र नेपालका विज्ञ देवराज अधिकारीको सेसन रहेको थियो । सम्मेलनमा ११ वटा सेसन सञ्चालन भएका थिए । जसमध्ये ७ वटा प्रोफेसनल सेसन रहेको थियो भने ४ वटा सेसन शैक्षिक क्षेत्रसँग सम्बन्धित थियो ।
यस्तै, सोही सम्मेलनमा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट क्याम्पस र भारतको पञ्जाव कलेज अफ टेक्निकल एजुकेशन सँग शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सहकार्य गर्ने बिषयमा सकेत सम्झौता भएको क्याक्पस प्रमुख जोशीले जानकारी दिए ।
सम्मेलनका प्रमुख आयोजक हेटौंडा स्कुअफ म्यानेजमेन्टका प्रमुख जोशीका अनुसार सम्मेलनले सीप र ज्ञान अभिवृद्धि, मानव संसाधन विकास र अन्तर क्षेत्र सहयोगलाई प्राथमिकता दिइएको थियो । सहआयोजन गरेका उद्योग संघका निवर्तमान अध्यक्ष स्वागतराज प्याकुरेलले यस्ता कार्यक्रमले नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा नयाँ ज्ञान आदानप्रदान हुने विश्वास लिएको छ बताए ।
सम्मेलनमा देशभरबाट १२ देखि १६ वटा कलेजका प्रतिनिधिहरु सहभागी रहेका थिए भने उद्योग संघ मकवानपुरका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो । सम्मेलनम झण्डै ४ सय हाराहारीको सहभागीता रहेको थियो ।