मकवानपुर, ७ फागुन । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा कुकुरलाई रेविज विरुद्धको खोप लगाईएको छ ।

मकवानपुरगढीका पशु चिकित्सा अधिकारी सत्यनारायण शाहका अनुसार वडा नम्बर ४ को कार्यालयमा संचालित खोप शिविरमा ९० वटा कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाइएको हो ।

पछिल्लो समय मकवानपुरको हेटौँडा उपमहानगरपालिका र यसका आसपासका गाउँपालिकाहरुमा रेविज रोगको जोखिम बढ्दै गएपछि वडा कार्यालय खोप लगाएको हो । हेटौँडा अस्पतालमा दैनिक रुपमा रेविज विरुद्धको खोप लगाउनेहरु बढिरहेका छन् ।