जी. न्यौपाने, मकवानपुर, & फागुन । राष्ट्रिय समाचार समिति (रासस) को ६३ औँ वार्षिकोत्सव समारोह हेटौँडामा गरिएको छ । राससले विभिन्न सरोकारवालाहरुसँग ‘सुशासन, विकास र समृद्धिका लागि राससको भूमिका’ विषयक अन्तरक्रिया गरेको छ ।

सूचनाका क्षेत्रमा राससको भूमिका अग्रभागमा रहेको कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बताउनुभयो ।

रासस बागमती प्रदेशश प्रमुख सुरेश झाको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु, जिसस प्रमुख ललित घलान, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँ, बागमती प्रदेश रजिष्ट्रार रेवती सापकोटा, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारु मगर, जिल्ला अध्यक्ष मणिराज गौतम लगायतको आतिथ्यता रहेको थियो ।